सामूहिक बलात्कार गरेकाे आरोपमा कांग्रेस नेता पाण्डे पक्राउ, अन्यकाे खाेजी जारी
कास्की | साउन ६, २०७९
पोखरा: पोखराको लेकसाइडस्थित सहारा होटलमा एक युवतीमाथि सामूहिक बलात्कार गरेकाे आरोपमा नेपाली कांग्रेसका नेता मधुसुदन पाण्डेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार जबरजस्ती करणी उद्योग गरेका नुुवाकोटको बेलकोटगढी १३ का मधुसुदन पाण्डेलाई गत २५ गते पक्राउ गरिएको हो ।
‘जाहेरीमा सामूहिक बलात्कार भनिएको छ । घटना २२ गतेको हो । युवतीले काठमाडौं गएर जाहेरी दएकी थिइन्, डिएसपी तिवारीले भने, ‘घटना पोखराकै भएको कारणले यहाँ काजगपत्र आएको छ । पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैराछ भने अन्य फरार अभियुक्तहरुलाई पनि खोज्ने काम तिव्र पारेका छौं ।’
सामाजिक सञ्जालमार्फत चिनजान भएकी ति युवतीलाई चितवनमा बोलाएर चालकसहित ५ जनाले पोखरा ल्याएको डिएसपी तिवारीले बताए । ‘पीडकहरु चितवनमा थिए । ति युवतीलाई पनि त्यही बोलाएर पोखरा ल्याएको देखिन्छ, उनले भने, ‘पोखरा आएर सहारा होटलमा दुईवटा कोठा लिएर बसेको देखिन्छ । सोही रातमा सामूहिक बलात्कार भएपछि अर्काे दिन काठमाडौं फर्केपछि मालीगाउँमा जाहेरी दिनुभएछ । उताबाट कागजात आएपछि अहिले केस हामीले हेर्दैछौं ।’
पक्राउ परेका पाण्डेलाई जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरि थप अनुसन्धान गरिरहेको उनले बताए ।
पक्राउ परेका पाण्डे नुवाकोट जिल्लाको क्षेत्र नम्बर २ प्रदेश (क) का नेपाली कांग्रेका प्रवक्ता समेत भएको बताइएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

